About Us

  1. Home
  2. About Us

Introduction

नेपाल सरकार सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत सहकारी विभाग तथा डिभिजन सहकारी कार्यालय ललितपुरबाट सहकारीको मूल आदर्श र मर्म अनुरुप विभिन्न लक्ष्यहरु प्राप्त गर्नको लागि वित्तिय कारोवार गर्न इजाजत प्राप्त यस शिखर बहुउद्देश्यीय सहकारी संस्था लि. (Shikhar Multipurpose Co-Operative Ltd.) ल.पु.म.न.पा. वडा नं. ५ लगनखेल स्थित कर्मचारी संचयकोष (ललितपुर मल)को अत्याधुनिक भवनको दोश्रो तल्लामा अवस्थित छ । यस संस्थाको मुख्य उद्देश्य सदस्यहरु विच रहेको निष्किृय तथा स–साना पूँजीलाई एकिकृत गरी स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट वर्तमान प्रतिस्पर्धात्मक वित्तिय बजारमा निक्षेपमा आकर्षक ब्याज प्रदान गर्ने, निक्षेप रकमलाई उद्यमी तथा ब्यवसायी सदस्यहरुलाई सुलभ ब्याजदरमा छिटो र छरितो सेवाको माध्यमबाट कर्जा प्रवाह गरी आवद्ध सदस्यहरुलाई सबल र आत्मनिर्भर बनाउदै लैजाने साथै सहकारीको सिद्धान्त मुल्य र मान्यता, ऐन, नियम र संस्थाको विनियम तथा विनियमावलीको अधिनमा रही सदस्यहरुको अधिकतम हित गर्दै राष्ट्रको समृद्धिमा थोरै तर महत्वपुर्ण योगदान पु¥याउने रहेको छ ।

image description
  • शेयर पूजी (Share Capital)

    यस संस्थाको शेयर पूँजी हाललाई रु.५,००,००,०००.०० (पाँच करोड) कायम गरिएको छ । उक्त जारी शेयर पूँजीलाई क्रमिक रुपमा चुक्ता पूँजीमा परिणत गर्दै लगिने संंस्थाको निति रहेको छ ।

  • उद्देश्यहरु (Objectives)

    – सदस्यहरुमा बचत गर्ने बानी बसाल्ने र सोही अनुरुप निक्षेप संकलन गर्ने ।
    – सदस्यहरुलाई स–साना तथा मझौला उद्योग ब्यवसायमा लगानी गर्न प्रोत्साहित गर्ने । सोको लागि आवश्यक तालिम र परामर्श सहित सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने ।
    – सदस्यहरुको हितलाई मध्यनजर गर्दै कृषि, पशुपालन, जलविद्युत, शिक्षा, स्वास्थ्य, पर्यटन, आवसीय योजना लगायत अन्य रोजगार मुलक परियोजनामा एकल वा संयुक्त रुपमा लगानी गर्न े।
    – सस्ंथामा आवद्ध सदस्यहरु बिच आपसी सहयागे, सदभव र साहौद्र्रता कायम गर्द ैमित
    –व्ययीताका ेमाध्यमबाट स्वावलम्वन र आत्मनिभर्र बनाउद ैलजौन े।
    – समान उद्देश्य भएका अन्य वित्तिय सस्ंथाहरु सगं सस्ंथाको उद्देश्य पा्रप्तिका ेलागि हातमोला ेगर्द ैअघि बढन् े।
    – सामाजिक उत्तरदायित्वका ेक्षत्रेमा निरन्तर रुपमा यागेदान प¥ुयाउने ।

  • व्यवस्थापन (Management)

    बिभिन्न क्षेत्रको प्रतिष्ठित व्यक्तित्वहरु संंस्थाको संरक्षक सल्लाहकारहरु रहेको यस संस्थाको संचालक समितिमा सहकारी सिद्धान्त, मूल्य र मान्यतामा निष्ठावान साथै समयानुकुल गतिशिल नेतृत्व प्रदान गर्न सक्षम विभिन्न व्यवसाय तथा पेशामा लामो समय सम्म अनुभव प्राप्त व्यक्तिहरुको प्रतिनिधित्व रहेको छ । यसको साथै तालिम प्राप्त दक्ष व्यवसायिक कर्मचारीहरुको समुह द्वारा छिटो र छरितो सेवा प्रवाह–प्रदान गरिनु संस्थाको अर्को संकल्प तथा विषेशता हो ।